काठमाडौं– नेकपा(एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागले विभागका उपप्रमुख शम्भु श्रेष्ठ, सदस्य चमिना भट्टराई र राजेन्द्र कुँवरलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेको छ।
विभाग प्रमुख तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा आज पार्टी कार्यालयमा बसेको तेस्रो पूर्ण बैठकले श्रेष्ठलाई संघीय सांसदमा तथा समानुपातिकमा भट्टराई र कुँवरलाई क्रमशः बारा ३(क) र अछाम १(क) बाट प्रदेशसभामा प्रत्यक्ष प्रणालीतर्फ सिफारिस गरेको हो।
बैठकले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुने गरी प्रचारप्रसारलाई तीव्र बनाउन विभाग र समाजवादी प्रेस संठन नेपालका विभिन्न पदाधिकारी एवं केन्द्रीय सदस्यलाई केन्द्र र भूगोलमा जिम्मेवारी दिने निर्णय गरेको विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए।।
विभागले पार्टी घोषणापत्रमा सञ्चार विषयमा समेटिने बुँदाका लागि विभागका सदस्य र पत्रकारहरूसँग सुझाव पनि मागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।