कञ्चनपुर– सुदूरपश्चिमको कञ्चनपुर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नेताहरुको मात्रै रहेको बताएका छन्।
सत्ता गठबन्धनकै कार्यकर्ताहरु एमाले प्रवेश गरिरहेको बताउँदै उनले जनता पनि एमालेकै पक्षमा रहेको बताए।
उनले भने, ’देशमा साँच्चिकै नै जागरण आएको छ। जनलहर आएको छ। माथि नेताहरु गठबन्धनमा छन्, कार्यकर्ताहरु एमाले प्रवेश गर्दैछन्। उता नेताहरुको गठबन्धन छ, यता जनता एमालेतिर छन्।’
उनले सरकारमा रहेका पार्टीबबाट एमाले प्रवेश गर्ने लहर चलेको बताउँदै आफू त्यस्ता कार्यक्रममा निरन्तर सक्रिय रहेको बताए। उनले भने, ‘महासचिव पार्टी प्रवेश कार्यक्रमका लागि सिन्धुली पुग्नुभएको छ। म आज यहाँ छु। भोलि म झापा जाँदैछु। भोलि ४ बजे झापामा उलटफेर प्रवेश कार्यक्रम छ। पर्सि मोरङमा छ।’
एकीकृत समाजवादीलाई लक्षित गर्दै उनले उनीहरु मंसिर ४ सम्म मात्रै चुरीफुरी गर्ने बताए। थपे, ’यिनीहरुको झण्डा मंसिर ४ सम्म न हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।