काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रत्यक्ष तर्फको उम्मेदवार बन्ने भएका छन्।
यसअघि उनी सोही निर्वाचन क्षेत्रबाटै प्रत्यक्षमा निर्वाचित भएका थिए। कांग्रेसका स्थानीय नेता-कार्यकर्ताले उनलाई कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न अनुरोध गरेका छन्।
बुधबार नै कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न गगन थापाका नाममा आवेदन परेको छ। कास्की कांग्रेसका सचिव भानुभक्त ढकालले महामन्त्री थापालाई कास्की १ मा उम्मेदवार सिफारिस गर्न आवेदन दिएका हुन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।