काठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू सर्वोच्चको नेतृत्वमा हुँदा कुनै बार्गेनिङ नगरेको दाबी गरेका छन्।
महाभियोग सिफारिस समितिलाई बुधबार बयान दिने क्रममा राणाले कार्यकारी वा अरु कसैसँग सौदावाजी नगरेको दाबी गरेका हुन्।
‘न्याय सम्पादनबाहेक केही गरेको छैन। कार्यकारीसँग मन्त्री मागेको र संवैधानिक निकायमा नियुक्ति गर्दा कोटा लिएको कुरा गलत हो’, राणाले भने।
सांसदहरूले गजेन्द्र हमाललाई मन्त्री बनाएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग लगायतमा नियुक्ति गर्दा मिलेमतो गरेर भागबन्डा गरेकाे आदि आरोपबारे जिज्ञासा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।