काठमाडौं– लागुऔषधसहित काठमाडौंको ठमेलबाट तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–८ कि २३ वर्षीया अनिशा देउला, गल्छी गाउँपालिका–६ कि २१ वर्षीया सिर्जना गर्तौला र भारतको बिहार सीतामढी बेरगिनियाका १९ वर्षीय रक्की भनिने धिरज कुमार छन्। उनीहरुबाट प्रहरीले २७ सय एम्पुल लागुऔषध बरामद गरेको छ।
भदौ १३ गते एक महिलाको मोबाइल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई लागुऔषधसहित प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको हो।
मोबाइलको अनुसन्धान गर्ने क्रममा देउलाको ठमेल नयाँबजारस्थित कोठाबाट उक्त लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।
पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषधको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।