• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले र राप्रपा तालमेलका लागि सहमति नजिक, २० सिटमा राप्रपाको दाबी 

64x64
नेपाल लाइभ बुधबार, भदौ १५, २०७९  १०:४४
1140x725

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी  र नेकपा एमाले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर निर्वाचन लड्ने सहमतीको नजिक पुगेका छन्। केही दिनदेखि २ दलका नेताहरुले देशभर तालमेलका विषयमा छलफल गरिरहेका थिए। 

राप्रपाका महामन्त्री भुवन पाठकका अनुसार दुवै दल आगामी प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गर्ने लगभग सहमतिमा पुगेका छन्। सिट वाँडफाँटमा केही बाँकी रहेको र ‘आज भोलि’मा त्यो पनि टुंग्याउने तयारीमा रहेको पाठकले बताए। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका दोस्रो तहका नेताहरुसँग राप्रपाले केही दिनदेखि वार्ता गरिरहेको थियो। अब दुई दलका अध्यक्ष र पदाधिकारीस्तरमा सहमति गर्ने तयारी भइरहेको पाठकले बताए। 

राप्रपाले एमालेसँग २० सिटको दाबी गर्ने तयारी गरेको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक्लै लडेको राप्रपाले करिब करिब तेस्रो राजनीतिक दलको मत पाएकाले सोही अनुसारको दावी गर्ने तयारी गरेको राप्रपाका एक नेताको भनाइ छ।  राप्रपाको बलियो मत भएको क्षेत्रमा र आफ्ना ‘हेबिवेट’ उम्मेदबारहरुलाई लक्षित गरेर सिट दाबी गर्ने राप्रपाका ती नेताको भनाइ छ। 

एमालेका नेताहरु पनि आफूहरुको संगठन केही कमजोर र राप्रपाको संगठन बलियो भएको क्षेत्रमा तालमेल गरेर जाने पक्षमा सहमत भएका छन्। ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रमा हाम्रो संगठन बलियो छ। संगठनको उपस्थितिअनुसार दुवै पार्टीलाई फाइदा हुनेगरी सिट बाँडफाँट गरेर तालमेलमा जाने लगभग सहमति भएको छ,’ नेपाल लाइभको सम्पर्कमा आएका राप्रपाका ती नेताको भनाइ छ। 

राप्रपाले प्रदेश १ देखि कर्णाली प्रदेशमा गरी २० वटा निर्वाचन क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा ३ सहित कर्णाली प्रदेशको जुम्लामा पनि राप्रपाले दाबी गरेको छ। राप्रपाले झापा ३, सिन्धुपाल्चोक २, मोरङ (कुनै एक) काठमाडौं २ , काठमाडौं ४, जुम्ला, नुवाकोट (कुनै एक), धादिङ (कुनै एक),चितवन ३, ,मकवानपुर (कुनै एक), बाँके २, कपिलवस्तु (कुनै एक) र रुपन्देही (कुनै एक) क्षेत्रमा दाबी गरेको छ। यस्तै, अन्य क्षेत्रमा पनि दाबी प्रस्तुत भएको र छलफलकै क्रममा रहेको राप्रपाका नेताको भनाइ छ। 

‘प्रारम्भिक रुपमा हामीले २० सिटमा दाबी गरेका हौं। कुरा गर्दै जाँदा १५ सिटसम्ममा सहमति हुन्छ होला,’ राप्रपाका ती नेताको भनाइ छ। 

एमालेसँग मिलेर राष्ट्रिय दल बन्ने राप्रपाको योजना
२०७४ सालको निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एउटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो। हाल राप्रपाको अध्यक्ष रहेका राजेन्द्र लिङ्देन एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनको सहयोगमा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कम्तीमा १ र समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्ने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ। ऐनको दफा ५२ मा भनिएको छ– ‘प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गर्नेछ।’

nimb
nimb
Ncell 2
Ncell 2

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसक्दा राप्रपा राष्ट्रिय दल बन्न सकेको थिएन। यसपटक भने स्थानीय तहको निर्वाचनमा प्राप्त मतको हिसाब गर्दा आफूहरुले सजिलै राष्ट्रिय दल बन्न आवश्यक ‘थ्रेस होल्ड’ कटाउने राप्रपाका नेताहरुको दाबी छ। 

यद्यपि संसद्‌मा ‘बलियो उपस्थिति’का लागि प्रत्यक्षतर्फ सिट बढाउने गरी एमालेसँग तालमेल गरेर जाने ‘नीति’ लिइएको राप्रपाका नेताहरुको भनाइ छ। 

सत्ता गठबन्धनका ५ दलहरु एक ठाउँ हुँदा दबाबमा रहेको एमाले पनि राप्रपासँग मिलेर चुनावमा जान तयार छ। 

सत्ता गठवन्धनलाई  चुनौती दिनका लागि पहाडी जिल्लामा राप्रपा भरपर्दो ‘सारथी’ हुने एमालेका नेताहरुको बुझाइ छ। 

एमालेले तराईं–मधेसमा महन्थ ठाकुर नेतृत्वको लोसपा र सिके राउत नेतृत्वको पार्टीसँग पनि तालमेल गर्ने तयारी गरेको छ। 

राप्रपाले आफ्ना नेता विशेषलाई चुनाव जिताउने गरी एमालेसँग तालमेलको खाका प्रस्तुत गरेको छ। झापा ३ मा राजेन्द्र लिङदेन, सिन्धुपाल्चोक २ मा पशुपति शमशेर राणा, क्षेत्र, नुवाकोट (कुनै एकमा) प्रकाशचन्द्र लोहनी,  बाँके २ मा धवल शमशेरलाई जिताउने गरी राप्रपाले तालमेलको खाका प्रस्तुत गरेको छ। 

यस्तै, सम्भव भए मोरङ ३, नभए कुनै एक क्षेत्रमा रेखा थापा, कुन्ती शाहीलाई जिताउन कर्णालीका कुनै एक जिल्ला, ज्ञानेन्द्र शाहीलाई जिताउन जुम्ला, दीपक बोहोरालाई जिताउन रुपन्देहीको कुनै एक क्षेत्र दिनुपर्ने राप्रपाको माग छ। 

एमालेको रणनीति: आफू कमजोर भएको ठाउँमा राप्रपालाई समर्थन
एमालेका नेताहरुले राप्रपासँगको छलफलबारे सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन्। एमाले महासचिव शंकर पोखरेल प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रबाट कुनै पनि गठबन्धन गरेर जाने नीति नरहेको बताउँछन्। तर, स्थानीय आवश्यकताअनुसार तालमेल हुनसक्ने उनको भनाइ छ। 

यसअघि स्थानीय तहको निर्वाचनमा पनि एमालेले ‘गठबन्धन नगर्ने’ भनेको थियो। तर, कमल थापा नेतृत्वको राप्रपाले एमालेकै चुनाव चिह्नमा आफ्ना उम्मेदवार उठाएको थियो। केही ठाउँमा राप्रपासँग पनि तालमेल भएको थियो।  

स्थानीय तहको निर्वाचनमा सूर्य चुनाव चिह्नबाटै लड्दा पनि कमल थापाको राप्रपाका उम्मेदवारले कुनै पनि ठाउँबाट चुनाव जितेनन्। बरु एक्लै र तालमेल गरी राप्रपाले दुई नगरपालिकाको प्रमुख, एक गाउँपालिकाको अध्यक्षसहित वडाध्यक्षमा पनि ‘राम्रो’ नतिजा हात पारेको थियो। 

६३ वडाध्यक्ष जितेको राप्रपाले देशभरबाट ३ लाख ६४ हजार १६० मत प्राप्त गरेको छ। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा राप्रपाले आगामी निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने देखिन्छ। 

स्थानीय तहको निर्वाचनमा धेरैजसो ठाउँमा एक्लै लडेको राप्रपाले प्राप्त गरेको मतलाई हेरेर नै एमालेका नेताहरु तालमेलको लागि ‘वल’ गर्ने अवस्थामा पुगेका हुन्। गठबन्धनका उम्मेदवारसँग थोरै मतमा हार्नुपर्ने अवस्थामा राप्रपाको मत पाएर जित निकाल्न सकिने एमालेका नेताहरुको बुझाइ छ। 

त्यस्तै, आफूले एक्लै लड्दा जित्न नसकिने क्षेत्रमा सत्ता गठवन्धनले जित्नु भन्दा आफ्नो सहयोगमा राप्रपालाई जिताउने रणनीति एमालेले लिएको छ। 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
सम्बन्धित सामग्री
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो छिमेकी मुलुक भारतमा भर्खर सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी सत्ता विमुख भएको कारण देखाउँदै नेपालमा पनि वामपन्थीहरू संकटमा परेको व... बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा उनले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ ईंगित गर्दै यस्तो बताएका हुन् । बिहीबार, वैशाख २४, २०८३
दुई संसदीय समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणको कार्यस... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्