काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका उम्मेदवार सिफारिस गर्न परिपत्र गरेको छ।
प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुलाई पठाइएको पत्रमा विभिन्न मितिमा चरणबद्ध रुपमा माथिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न भनिएको हो।
भदौ १९ देखि २१ गतेसम्म प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिको बैठकबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सहमति भए एक जना, अन्यथा एक जना महिलासहित अधिकतम तीन जना उम्मेदवार सिफारिस गर्न भनिएको छ। त्यस्तै, प्रदेश सभाका उम्मेदवार सिफारिस गर्न पनि भनिएको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिको बैठकबाट सिफारिस गरिएका उम्मेदवारको नामावली भदौ २१ गते जिल्ला समितिमा र भदौ २२ गते जिल्ला समितिको बैठक बसेर २३ गते सम्बन्धित प्रदेश समितिमा पठाउन भनिएको छ। प्रदेश समितिले भदौ २५ गतेसम्म केन्द्रीय कार्यसमितिमा पठाउन परिपत्रमा उल्लेख छ।
'प्रत्यक्षतर्फ एवं समानुपातिक तर्फका नाम सिफारिस गर्दा उम्मेदवारहरुले छोटकरीमा पृष्ठभूमिसहित सिफारिस गर्ने', परिपत्रमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।