काठमाडौं- अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेता रेखा थापा मोरङ ३ बाट प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस भएकी छिन्।
राप्रपा क्षेत्र नम्बर ३ कमिटीले उनका साथै अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो। आफू उक्त क्षेत्रबाट चुनाव लड्ने तयारी केही समयदेखि गरिरहेको थापाले नेपाल लाइभसँग बताइन्। थापाको नाम प्राथमिकतामा राखेर सिफारिस गरिएको हो।
उक्त क्षेत्रबाट यसअघि एमाले नेता भानुभक्त ढकालले चुनाव जितेका थिए। कांग्रेसबाट मेडिकल कलेज व्यवसायी सुनिल शर्मा चुनाव लडेका थिए।
आफ्नो घर यही क्षेत्रमा पर्ने सुन्दर हरैचामा रहेकाले आफूलाई प्रतिस्पर्धा गर्न सहज हुने थापाले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।