रौतहट– रौतहटको गरुडामा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ।
मंगलबार बिहान साढे ७ बजे रौतहटको गरूडा नगरपालिका-३ मलाहीचोक बस्ने तीन जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लले जानकारी दिए।
मृत्यु हुनेमा सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी छन्। उनीहरूको गरूडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए।
यस्तै चट्याङ लागेर एक जना घाइते समेत भएका छन्। सोही ठाउँमा बस्ने ४० वर्षीया सहेलीदेवी सहनी घाइते छिन्। उनको पनि सिटी अस्पतालमा उपचार भइरहेको छ। त्यसक्रममा उनीहरूलाई चट्याङ लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।