काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरूसँग छलफल गरेकी छन् । कांग्रेस पदाधिकारीहरूसँग छलफल गरेलगत्तै उनले सोमबार एमाले नेताहरूसँग भेटवार्ता गर्दै नागरिकता विधेयकमा सत्ता गठबन्धनले लिएको निर्णयमा असन्तुष्टी जनाएकी छन्।
भेटमा नागरिकता विधेयक र निर्वाचनका विषयमा छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।
शितलनिवासमा एमाले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा र शंकर पोखरेल पुगेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली जाने भनिए पनि अन्तिम समयमा स्थगित गरेका थिए।
‘मैले त नागरिकताजस्तो गम्भीर विषयमा सबै दल एक ठाउँमा पुग्नुपर्छ भनेर यो विषयमा संसदमा पुर्याएकी थिएँ’ उनले भनिन्, ‘यो एउटा राजनीतिक दलको विषय होइन, सिंगो देश र जनताको विषय भएर संसदसमक्ष मैले आफ्ना जिज्ञासा राखेकी हुँ।’
दलहरूमा त्यो तहको गम्भीरता नदेखिएको उनले बताइन् । उनले गठबन्धनले त बैठक बसेरै आफूलाई उत्तर फर्काएको गुनासो गरिन्। आफूले कुनै नेता, कुनै गठबन्धन, कुनै पार्टीलाई त्यो पुनर्विचारको पत्र नपठाएको वताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।