काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनका लागि निर्माण गरेको आचार संहिता राजपत्रमा प्रकाशित गरेको छ।
सोमबार राजपत्रमा आचारसंहिता प्रकाशित गरेको भएको हो। उक्त राजपत्रमा प्रकाशित आचारसंहिता आयोगले निर्णय गरेको दिनदेखि लागू हुनेछ।
मंसिर ४ मा एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै आयोगले आचार संहितामा केही दिन अघि दलहरुसँग पनि छलफल गरेको थियो।
आयोगले उक्त छलफलमा आचार संहितामा कडाई गर्ने प्रस्ताव गरेको थियो भने दलहरुले नरम बनाउन माग गरेका थिए। आयोगले निर्माण गरेको आचार संहिता लागू हुने व्यक्ति, संस्था, निकाय तथा अधिकारीको विवरण १६ बुँदामा उल्लेख गरेको छ। आचारसंहिता लाग्नेमा नेपाल सरकार, नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीहरुलाई पनि राखेको छ।
त्यस्तै संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकाका निकाय र साे निकायका मन्त्रीहरु स्थानीय कार्यपालिका र सोका सदस्यहरु, संघ प्रदेश र स्थानीय निकायका कर्मचारीहरु लगायत छन्। विद्यालयका शिक्षक, मतदाता र आयोगले तोकेका अन्यलाई पनि आचार संहिता लाग्ने राजपत्रमा प्रकाशित भएको सूचनामा उल्लेख छ।
यी हुन् आचारसंहिता लाग्ने व्यक्ति, संस्था, निकाय तथा अधिकारी:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।