काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिने दलहरूको संख्या निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
आयोगले सोमबार जारी गरेको विज्ञप्ति अनुसार संघीय निर्वाचन प्रतिनिधिसभाका लागि ७६ दलबाट ६८ वटा निवेदन प्राप्त भएको उल्लेख गरेको छ।
त्यसैगरी प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा विभिन्न ६३ वटा दलबाट ५५, मधेस प्रदेशमा ६७ वटा दलबाट ५९, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको आयोगले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।