• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेविसंघले पूर्णता नपाएपछि ‘जग जोगाउँ, पार्टी बचाउँ’ अभियानमा नेता-कार्यकर्ता

64x64
नेपाल लाइभ सोमबार, भदौ १३, २०७९  १६:२२
1140x725

काठमाडौं– नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संगठन (नेविसंघ)का नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा ‘जग जोगाउँ, पार्टी बचाउँ’ अभियान ह्यासट्यागसहित यो नारा पोष्ट गर्न थालिएको छ। 

नेविसंघबाटै राजनीतिक यात्रा थालेर अहिले पार्टी र देशको नेतृत्व गरिरहेका पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघलाई पूर्णता दिने विषमा रुची नदेखाएपछि उनीहरुले यस्तो दबाब अभियान थालेका हुन्। 

२०७५ माघ २ मा नेविसंघका तत्कालीन सभापति नैनसिंह महरले राजिनामा गरेपछि नेतृत्वविहीन थियो। गत चैतमा देउवाले अध्यक्षमा आफूनिकट विद्यार्थी नेता दुजाङ शेर्पालाई नियुक्त गरे। तर बाँकी पदाधिकारी चयनमा भने कांग्रेस केन्द्रीय समितिको उदासिनता देखिन्छ। 

केही समयअघि बसेको कांग्रेस केन्द्रीय समितिले साउन महिनाभित्र पूर्णता दिने बताएपनि भदौको मध्यसम्म कुनै सारसंकेत नदेखिएको विद्यार्थी नेता एलिजा ढकाल बताउँछिन्। उनले ब्यंग्य गर्दै भनिन्, ‘नेविसंघ बिनाको कांग्रेस कस्तो? जग नभएको घर जस्तो’ ‘विद्यार्थी नेविसंघको खोजीमा, नेविसंघ नेताहरुको गोजीमा’ भनेजस्तै भयो ।’

कांग्रेसको भातृ संगठन नेविसंघको २०७३ मा भएको ११औं महाधिवेशनबाट नैनसिंह महर सभापति निर्वाचित भएयता नेविसंघको महाधिवेशन हुन सकेको छैन। महरले दुई वर्षे कार्यकाल पूरा गरेर राजिनामा दिँदै १४ औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। 

त्यसयता निर्वाचनका लागि तदर्थ समिति गठन भए पनि महाधिवेशन हुन सकेको छैन। लामो समयदेखि महाधिवेशन कुरेका विद्यार्थी नेताहरु अहिले अधैर्य हुन थालेका छन्। केन्द्रीय कार्य समितिको बैठक हुँदा पार्टी कार्यलय अगाडि र अहिले सामाजिक सञ्जालमार्फत् दबाब बढाएका हुन्।  

मंसिर ४ को निर्वाचनका लागि कांग्रेसका केन्द्रीय नेता जदिल्लामा खटिएका छन्। विद्यार्थी नेताहरुले जिल्लामै प्लेकार्डसहित ’भातृ संघहरुले कहिले पूर्णता पाउँछन्?’ भन्दै प्रश्न सोध्न आग्रह गरेका छन्।

नेविसंघबाटै राजनीतिमा उदाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाट विद्यार्थी नेताहरुलाई अपेक्षा थियो। तर, जड बनेर बसेको पार्टी नेतृत्वको कार्यशैलीविरुद्ध खरो उत्रन नसकेको उनीहरुलाई लाग्न थालेको छ। त्यसैले सामाजिक सञ्जालमार्फत् महामन्त्रीद्वयलाई लयवद्ध प्रश्न गरिएको छ, ‘गगन–विश्व कोसँग हो तर्सेको? पार्टीमा पुगेपछि नेविसंघलाई बिर्सेको?’

nimb
nimb
Ncell 2
Ncell 2

भातृ संगठनलाई पूर्णता नदिएर चुनावमा होमिने हो भने गठबन्धनका कारण मात्रै कांग्रेस चुनाव जित्न नसक्ने विद्यार्थी नेता ढकाल बताउँछिन्। पार्टीको जनमतको ठूलो आधार नै भातृ संगठन भएकाले निर्वाचन पहिले नै पूर्णता पाउनुपर्ने उनी बताउँछिन्। ‘प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका नेविसंघ, तरुण दल, महिला संघ एकजना व्यक्तिमा सिमित भएकाले पार्टीलाई खबरदारी गर्नका लागि जनतामाझ गएका कांग्रेस प्रतिनिधिहरुलाई भातृ संगठनको पूर्णताका लागि देशैभर दबाब सिर्जना गर्दैछौं,’ उनले भने। 

Nebisang1661769454.png

त्रिभुव विश्व विद्यालयअन्तर्गत रहेर राजनीति गरिरहेका गणेशराज भण्डारी पनि निर्वाचनअघि नै नेविसंघले पूर्णता पाउनुपर्ने बताउँछन। भण्डारी भन्छन्, ‘नेविसंघले पूर्णता नपाउनुमा नेतृत्वकै दोष हो। नेताहरु खारिएर आउन पाउनुपर्छ । भातृ संघको आशिर्वाद सभापतिले मिल्दैन। प्रतिस्पर्धा गर्ने वातावरण बन्नुपर्छ। 
अहिले आफूहरु सामाजिक सञ्जालमार्फत् मात्रै पहिलो चरणमा दबाब सिर्जना गरेको बताउँदै नेतृत्वले सुनुवाई नगरे चरणबद्ध आन्दोलनको तयारी भइरहेको उनी बताउँछन्।

नेविसंघ त्रिचन्द्रका नेता दिनेश शाही लोकतान्त्रिक पार्टीले आफैंले गरेको निर्णय बिर्सनु लज्जासपद रहेको बताए। शाहीले भातृ संगठनलाई पूर्णता दिन आफूहरुले बेलाबेलामा पार्टीको ध्यानाकर्षण गरेको स्मरण गरे। एउटा लोकतान्त्रिक पार्टीले गरेको निर्णय कार्यान्वयन नगर्दा नैतिक प्रश्न उठ्ने बताए। उनले भने, ‘सबैभन्दा ठूलो कुरा पार्टीले नै निर्णय नै कार्यान्वयन भएन। त्यसैले दबाब दिन अभियान चलाएका हौं।’

शाहीले ७७ वटै जिल्लामा नेविसंघमा आवद्ध ३२ वर्ष मुनिकाले केन्द्रीय प्रतिनिधिहरुलाई ’नेविसंघ खोई?’ भनेर प्रश्न सोध्ने कार्यक्रम जारी रहेको बताए। उनले पार्टीका केन्द्रीय प्रतिनिधिहरुले नेविसंघका विषयमा गम्भीर भएर पार्टी केन्द्रीय कार्यसमितिमा समीक्षा गर्ने विश्वास व्यक्त गर्दै भदौ महिनाभित्र पूर्णता दिनुपर्नेमा जोड दिए।

पार्टी केन्द्रका अधिकांश नेताको धरातल नेविसंघ
नेविसंघबाट नै राजनीतिमा उदाएका शेरबहादुर देउवा अहिले पार्टी सभापति छन्। तर उनले नै हिँड्दै जाँदा पाइला मेट्दै गरेको बताउँदै धरातल र विगत सम्झाउनुपर्ने अवस्था आएको विद्यार्थी नेताहरुको भनाइ छ। पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हेर्ने हो भने नेविसंघ धरातल भएका नेताहरु नै छन्। 

२०२८ सालमा देउवा नेविसंघको सर्वसम्मत सभापति भए। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीति जीवन सुरु गरेका प्रधानमन्त्री देउवाको दोस्रो कार्यकाल हो। 

त्यसैगरी कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि तेस्रो महाधिवेशन २०३६ सालमा सभापति भए। उपसभापति भइसकेका निधि १४औं महाधिवेशनमा सभापतिका आंकाक्षी थिए। 

२०३९ सालमा नेविसंघको तदर्थ समितिको सभापति बनेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कांग्रेसका प्रभावशाली नेताहरु मध्येमा पर्छन्। २०४० सालमा सभापति भएका बलबहादुर केसी केसी पार्टीको केन्द्रीय कार्यसमिति सदस्य छन्। 

२०४४ सालमा नेविसंघको पाँचौ महाधिवेशनबाट सभापति बनेका बालकृष्ण खाण देउवाको विश्वास पात्रका साथै प्रभावशाली नेता हुन्। उनी हाल गृहमन्त्री छन्।  २०४८ सालमा सभापति बनेकका एनपी साउद पनि पार्टी केन्द्रमै छन्। २०५३ सालमा नेविसंघको तदर्थ समितिको सभापति भएका धनराज गुरुङ पार्टीको उसपभापति छन्। 

२०५३ सालमा सभापतिमा सर्वसम्मत निर्वाचित गोविन्द भट्टराई केन्द्रीय सदस्य छन् । आठौं महाधिवेशन २०५७ सालमा सभापति निर्वाचित विश्वप्रकाश शर्मा महामन्त्री छन् भने नेविसंघकबाटै चर्चित बनेका गगन थापा पनि महामन्त्री छन्। नेविसंघको महामन्त्रीसम्म बनेका बद्री पाण्डे उपमहामन्त्री छन्। २०७३ सालमा निर्वाचित नैनसिंह महर नेविसंघ सभापतिमा निर्वाचित नैनसिंह महर केन्द्रीय सदस्य छन्।

आफूहरुले पार्टीका भातृ संघ संगठनहरुको पूर्णता र बलियो बनाउनेबाहेक कुनै उद्देश्य नराखेको भन्दै उनीहरुले ‘न्यायपूर्ण होस् चाहिँदैन भाग, भातृ संघहरुको पूर्णता हाम्रो माग’ नारा समेत सारेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर
सम्बन्धित सामग्री
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन हरेक वर्ष बाढीका कारण नदीकिनारका हजारौं मानिसले ज्यान जोगाउन घर–सामान छाडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै उनले यस्त... शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुभमायाले आफ्नै पसल शुभ नारायण स्टोर्स नाममा ऋण लिनको लागि उक्त विवरण प्रमाणित गर्दै नेपाल बैंक नयाँ बानेश्वर शाखालाई २०७७ साउनमा पत... शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन सरकारको गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको उच्च प्राथमिकतका साथ कार्यान्वयन भइरहेको सन्दर्भ... शुक्रबार, वैशाख ११, २०८३
ताजा समाचारसबै
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
कर्मचारीलाई तीन महिना वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन शुक्रबार, वैशाख ११, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्