फाइल तस्बिर।
काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाली 'स्नेही'ले शान्ति प्रक्रियापछि हत्या भएका नागरिकहरूले न्याय पाउनु पर्ने माग गरेका छन्।
सांसद रसालीले शान्ति प्रक्रिया प्रारम्भ भइसकेपछि निर्दोष व्यक्तिको हत्या भएको स्मरण गराउँदै उनले बाँदरमुढे घटना लगायतका विषयमा समेत गम्भीर बनेर ऐन ल्याउनुपर्ने बताए।
वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमा सोमबार प्रतिनिधि सभामा बोल्दै उनले वेपत्ता भएका व्यक्तिहरूले क्षतिपूर्ती पाउनु पर्ने बताएका हुन्।
उनले अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्ड अनुसार न्याय पाउनु पर्ने माग गरे। 'नेपालमा मिलमिलाप गरेपनि यसलाई अन्तर्राष्ट्रिय कानुनले मान्यता दिएन भने सरकारले कसरी सम्बोधन गर्छ?' उनको प्रश्न छ।
सांसद रसाइलीले पुनरावेदन नलाग्ने र विशेष अदालत गठन भएर त्यसकै फैसलालाई अन्तिम मान्ने भन्ने कुरा जायज नभएको बताए। उनले कम्तीमा पुनरावेदन लाग्ने र केही कानुनी छुटको व्यवस्था गर्नु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।