काठमाडौं– नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा रमेशजङ्ग रायमाझी मनोनयन भएका छन्।
कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका सदस्य रायमाझीलाई सोमबार राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन्।
देउवाले दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रायमाझीलाई मनोनयन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।