काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरु राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलमा लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई शितलनिवास आमन्त्रण गरेकी थिइन्।
राष्ट्रपतिले बोलाएपछि सोमबार दिउँसो प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टीका महामन्त्री गगन थापा, उपसभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्कासहितका शीर्ष नेताहरु शितलनिवास पुगेका हुन्।
राष्ट्रपतिसँग नागरिकता विधेयकका बारेमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।