काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले संक्रमणकालीन न्यायको भावना अनुसार नै त्यसलाई टुंग्याउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथिको छलफलका भाग लिँदै नेता बस्नेतले द्वन्द्वको कारणहरुको खोजी गर्ने र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउने कुराहरुमा ध्यान दिनुपर्ने बताए।
द्वन्द्वकालीन घटनालाई फौजदारी न्यायको सिद्धान्तअनुसार अपराधीकरण गर्ने कोसिस भइरहेको उल्लेख गर्दै नेता बस्नेतले विस्तृत् शान्ति सम्झौतामार्फत् राज्यले ती घटनालाई साझा घटनाको रुपमा लिइसकेकाले संक्रमणकालीन न्यायका आधारित भएर न्याय निरुपण गरिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।