काठमाडौं– नेकपा एमालेका सांसद खगराज अधिकारीले संक्रमणकालीन न्याय सम्बन्धी कार्यमा कसले ढिलो गरेको हो भनी प्रश्न गरेका छन्।
उनले आफूहरुले छिटो गर्न तयार नै रहेको तर, माोदी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण ढिलाइ भएको आरोप लगाए।
२०७१ साल माघमा अदालतले विस्तृत रुपमा फैसला गरेको तर अहिले त्यसविपरीत विधेयक ल्याएको बताए। अधिकारीले उक्त फैसलामा धेरै कुरा भनेको तर अहिले नसमेटिएको टिप्पणी गरे।
अधिकारीले विधेयकमा भएका धेरै व्यवस्था संशोधन गर्नुपर्ने बताए। द्वन्द्वकालमा माओवादीबाट मारिएका ज्ञानेन्द्र खड्का, डेकेन्द्र थापा र अन्य व्यक्तिहरुका दोषीलाई कसरी उन्मुक्ति दिन मिल्छ भनी प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।