फाइल तस्बिर।
काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतले लामो समय दलहरुबीच रहेको असहमतिले गर्दा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आउन नसकेको र अहिले आउनु सकारात्मक भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यसलाई जतिसक्दो छिटो टुङ्गाउनुपर्ने बताए। विगतमा सबैले आत्मसात् गर्ने र छिटो समाधान हुने सोच्न नसक्दा समस्या भएको उनको भनाइ छ।
यसलाई पीडित र पीडक भनेर विचार आउनुले विभाजन आउने भन्दै उनले यो अधिवेशनबाटै विधेयक पारित हुनुपर्ने माग गरे। बस्नेतले विगतमा पनि ऐन संशोधनको काम गर्न खोज्ने तर नगर्ने भएका कारण समस्या भएको स्मरण गरे।
उनले अहिले यो समाधान गर्ने उपयुक्त समय भएको पनि दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।