फाइल तस्बिर।
काठमाडौं– सांसद प्रेम सुवालले काठमाडौंको ठमेलमा रहेको छायाँ सेन्टरलाई भत्काउन माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सुवालले उक्त माग गरेका हुन्।
‘भारतको नोयडामा निर्माण गरिएको गगनचुम्बी भवन भत्काएजस्तो ठमेलको सार्वजनिकस्थल कमलपोखरीमा निर्माण भएको छायाँ सेन्टर पनि भत्काउन जरुर छ,’ सुवालले भने।
आइतबार मात्र नोयडामा एक गगनचुम्बी भवन बम हानेर भत्काइएको थियो। विवादास्पद सार्वजिनक स्थलमा बनेको उक्त भवनलाई अदालको फैसालले भत्काउन भनेको थियो।
यता, काठमाडौंका मेयर बालेन शाहले सार्वजनिक स्थलहरुमा निर्माण भएका संरचना हटाउने अभियान चलाइरहेका बेला सुवालले उक्त माग गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।