फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाङफेले संक्रमणकालीन न्याय कसैको स्वार्थका लागि टुङ्गाउन नहुने बताएकी छन्। उनले माओवादीप्रति लक्षित गर्दै कसैलाई उन्मुक्ति दिनेगरि विधेयक ल्याएकाले यसमा राष्ट्रिय सहमति हुनुपर्ने माग गरिन्।
सरकारले अहिले ल्याएको विधेयकमा सर्वोच्चको नजीर र नेपालको संविधान पनि उल्लघन गरेको उनको आरोप छ। अन्तर्राष्ट्रिय सन्धिका कुरालाई पनि समेट्नुपर्ने दायित्व सरकारले बिर्सिएको उनले आरोप लगाइन्।
पूर्वकानुनमन्त्री समेत रहेकी तुम्बाहाङफेले पीडितले न्याय पाउन सक्ने कुनै गुञ्जायस नै नभएको दाबी गरिन्। उनले कानुनमन्त्रीले पीडितको पक्षमा हुने र आफैं सल्टाउने भनेकोमा आस लागेको तर, विधेयकमा हेर्दा त्यो नदेखिएको टिप्पणी गरिन्।
शान्ति सम्झौतामा उल्लेख गरिएको मानव अधिकार उल्लंघन र अहिले विधेयकमा लेखिएको कुरा फरक देखिएको सांसद तुम्बाहाङफेको दाबी छ।
उनले घरभित्र श्रीमान श्रीमती सँगै बसेको अवस्थामा बाहिर निकाले र श्रीमतीका अगाडि श्रीमानलाई काटेको घटना जघन्य अपराध हो कि होइन? भन्दै प्रश्न गरिन्। कसैको स्वार्थमा विधेयकलाई टुङ्गाउन नहुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।