फाइल तस्बिर।
काठमाडौं– सांसद पार्वती विशुन्केले महिला उम्मेदवारीको सुनिश्चितताका लागि निर्वाचन आयोगको मस्यौदालाई कानुनमा समावेश गर्न सभामुखलाई रुलिङ गरिदिन माग गरेकी छन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विशुन्केले विगतका निर्वाचनमा स्थानीय तहमा महिलालाई उप तथा संघ र प्रदेशको निर्वाचनमा समानुपातिक भन्ने प्रथाजस्तै चल्दै आएको आरोप लगाएकी छन्।
मंसिर ४ मा हुन लागेको संघ, प्रदेशको निर्वाचनलाई समानुपातिक समावेशी बनाउन उनको आग्रह छ। उनी भन्छिन, ‘संविधानको धारा ३८ को उपधारा ४ को कार्यान्वयन हुनेगरि निर्वाचन आयोगलाई महिलाको उचित र संविधानसम्वत प्रतिनिधित्व गराउन महिलाका लागि निर्वाचन क्षेत्र आरक्षणको व्यवस्था गरौँ।’
निर्वाचन आयोगले तयार पारेको निर्वाचन मस्यौदा कानुनमा समावेश गर्न लगाई त्यस मस्यौदा कानुन सदनमा फाष्ट ट्रयाकबाट पास गरि महिलाको उचित प्रतिनिधित्व कायम हुनुपर्ने उनको भनाइ छ। संविधानको असल कार्यान्वयनको अभ्यास गरेको प्रमाणित हुने र यस कार्यका लागि सभामुखले सम्बन्धित निकायलाई रुलिङ गर्नुपर्ने उनको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।