फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेका सांसद एवं पूर्वकानुनमन्त्री शेरबहादुर तमाङले तत्कालीन समयमा आफूले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ल्याउन निकै प्रयास गरेको स्मरण गरेका छन्। तर, विविध कारणले त्यसो सम्भव नभएको उनले बताए।
अहिले जसरी टुंग्याउन खोजिएको छ त्यसलाई अन्तर्राष्ट्रिय मान्यता हुने गरि गर्नुपर्ने उनको माग छ। प्रतिनिधि सभामा पेस भएको वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसद तमाङले अहिले पेस भएको विधेयक संशोधन गर्नुपर्ने बताए।
उनले अहिले सहज रुपमा नगर्ने हो भने सांसदहरु नै अन्तर्राष्ट्रिय अदालतमा उभिनुपर्ने अवस्था आउने चेतावनी दिए। उनले विधेयकमा विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन नहुने अधिकार किन राखिएको भनी प्रश्न गरे। तामाङले आफू कानुनको विद्यार्थी र पूर्वकानुनमन्त्री पनि भएकाले यसलाई ख्याल ख्यालमा नलिन चेतावनी दिए।
'टाउकाको मूल्य तोक्ने को हो? ऊ चाहिँ पीडक हैन?’ उनले भने, ‘अहिले पीडितलाई चाहिँ पीडक बनाउने गरि विधेयक ल्याइएको छ। यसले विद्रोह हुने देखिन्छ।’
उनले आफू कानुनमन्त्री हुदाँ पीडितहरुसँग लामो छलफल गरेको र शीर्ष नेताहरुसँग पनि छलफल गरेर एउटा ड्राफ गरेको तर त्यो त्यसै हराएको स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।