काठमाडौं– नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले कांग्रेस–माओवादीको चुनावी गठबन्धन अपवित्र रहेको भन्दै त्यो तोडेर निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई अनुरोध गरेकी छन्।
प्रतिनिधि सभाको सोमबारको शून्य समयमा बोल्दै चौधरीले उक्त माग गरेकी हुन्।
‘माओवादी र कांग्रेसको अपवित्र चुनावी गठबन्धनले न त देशको हित गर्छ न त पार्टीको हित गर्छ। यसले दुवै पार्टीलाई भलो गर्दैन। यो अपवित्र गठबन्धन गर्नु जनताप्रति बेइमानी पनि हो। त्यसैले प्रधानमन्त्री तथा पार्टी सभापतिलाई हार्दिक अनुरोध गर्न चाहान्छु, कि कांग्रेसलाई जोगाउन यो गठबन्धन तोडेर एक्लै चुनावमा जानुपर्छ। हिम्मत गर्नुहोस्। आँट गर्नुहोस्। जीवनको अन्तिम समयमा आएर एउटा राम्रो काम गर्नुहोस्।’
कांग्रेसले पछिल्लो समय केन्द्रीय समितिमा केही सदस्य मनोनयन गर्दा छुटेकी चौधरी त्यसपछि निरन्तर गठबन्धनको र पार्टी संस्थापनको विरोध गर्दे आएकी छन्। आफू केन्द्रीय समितिमा नपरेपछि चौधरीले फेसबुकमा एक स्टेटस लेख्दै कांग्रेसमा नबस्ने चेतावनी पनि दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।