सांसद भट्ट (फाइल तस्बिर)
काठमाडौं– एमाले सांसद दिपक प्रकाश भट्टले आफ्नो सेवा सुविधाको विषयलाई लिएर हाल आन्दोलनमा रहेका सरकारी विद्यालयका कर्मचारीको मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै भट्टले सरकारी विद्यालयमा कार्यरत ४२ हजार कर्मचारीहरु आन्दोलनमा रहेको र उनीहरुका माग सम्बोधनमा ढिलाइ गर्न नहुने बताए।
‘सरकारी विद्यालयमा कार्यरत ४२ हजार कर्मचारीले भदौ १ गतेबाट आफ्ना सेवा, सुविधा तथा वृत्ति विकास लगायतका तमाम विषयलाइ लिएर आन्दोलन जारी राखेका छन्। विद्यालय संचालन गर्न शिक्षक र विद्यालय व्यवस्थापन समिती एकातिर कर्मचारी एकातिर रहने स्थिति छ,’ भट्टले भने, ‘यस विषयमा गम्भीर भएर सरकारले छिटोभन्दा छिटो नेपाल कर्मचारी परिषद्ले संचालन गरेको संघर्षको कार्यक्रमलाई सम्बोधन गर्दे ती यथोचित मागहरुलाई सम्बोधन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गर्दछु।’
नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग भएको सम्झौताअनुसार सेवा सुविधा नपाएको भन्दै भाद्र १ गते बाट आन्दोलनका विभिन्न कार्यक्रमहरु सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।