काठमाडौं– काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीजलाई मध्यनजर गरी पाशुपति मन्दिर वरपर मासु तथा मदिरालगायत बिक्री वितरण र सेवनमा रोक लगाएको छ।
प्रशासनले एक सूचना जारी गर्दै सोमबारदेखि नै लागू हुने गरी चारकिल्ला तोकेर मासु, मदिरालगायत बेचबिखन तथा सेवनमा रोक लगाएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जारी गरेको सूचनामा धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो नियम लगाइएको उल्लेख गरेका छन्।
तोकिएका चार किल्लाभित्र मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने सूचनामा उल्लेख छ।
कसैले यो सूचना उल्लङ्घन गरे कारबाही गर्ने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।