काठमाडौं– कर्णाली प्रदेशमा माओवादीका नवनियुक्त दुई मन्त्रीले सोमबार पद तथा गोपनीयताको सपथ लिँदैछन्।
रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले पद तथा गोपनीयताको सपथ लिन लागेका हुन् । योसँगै कर्णालीमा माओवादीका सबै सांसद मन्त्री बन्ने भएका छन्। कर्णालीमा माओवादीका ११ सांसद छन्।
माओवादीले सबै सांसदलाई माग पुर्याउन आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो ।
सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए । रिक्त दुई मन्त्रालयमा पालो पुग्न बाँकी दुई सांसदलाई पठाइएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।