• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

६ सयभन्दा बढी अस्थायी कर्मचारीलाई स्थायी गर्ने बाटोमा सुदूरपश्चिम प्रदेश सरकार

स्वत: स्थायी हुने प्रावधानमा कर्मचारीहरुकै विरोध, अझै आठ सय बढी कर्मचारी रिक्त
64x64
शेरबहादुर ऐर सोमबार, भदौ १३, २०७९  १०:०५
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले ६ सय ३९ अस्थायी कर्मचारीलाई स्वत: स्थायी बनाउने प्रक्रिया अघि बढाएको छ। प्रदेश सरकारले निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित गराउने तयारी गरेसँगै आफैंले नियुक्त गरेका अस्थायी करार कर्मचारी स्थायी हुने बाटो खुल्ने छ। 

सोमबार बस्ने प्रदेश सभाको दशौँ अधिवेशनको बैठकबाट प्रदेश सरकारले उक्त विधेयक पारित गर्ने तयारी गरेको हो। गत शुक्रबार नै प्रदेश सभाबाट विधेयक पारित गर्ने तयारी प्रदेश सरकारको रहे पनि  सरकारका मन्त्रीहरुले समय दिन नसकेपछि तीन दिनका लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

विधेयक सरकारकै प्रस्तावअनुसार पारित भएमा प्रदेश सरकार मातहत कार्यरत ६ सय  ३९ अस्थायी कर्मचारी स्वत: स्थायी हुनेछन्। यद्यपि, प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले करार तथा अस्थायी कर्मचारीलाई लोक सेवा आयोगमार्फत स्थायी पदपूर्ति गराउन सुझावसहितको प्रतिवेदन सभामा पेश गरेको छ ।

सरकार र विषयगत समितिले पेश गरेको सुझावमाथि निजामती कर्मचारीहरुकै विरोध छ। नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष खेमराज जोशीले संघीय सरकारले नै विगत लामो समयदेखि कार्यालय सहयोगी, सवारी चालकलाई करारमै भर्ना गर्ने नीति लिएको बताए। उनले भने, ‘संघीय सरकारले अहिले त्यस्ता पदमा स्थायी रुपमा कर्मचारी पदपूर्ति गरेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले करार तथा अस्थायी कर्मचारीलाई स्वत: स्थायी गराउने गरि विधेयक ल्याउनु उपयुक्त होइन।’
 
उनले प्रतिष्पर्धाबाट कर्मचारी पदपूर्ति गर्ने गरि प्रदेश सरकारले ऐन बनाउनुपर्ने सुझाव दिए। उनले भने, ‘करार तथा अस्थायीमा सरकारका मन्त्री तथा पहुँचवालाहरुले आ–आफ्ना मान्छे तथा कार्यकर्ता भर्ना गरेका हुन्छन्। यस्तालाई स्वतः स्थायी बनाउँदा न्यायोचित हुँदैन।’

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ सचिव आउने बित्तिकै करार र स्थायी रुपमा रहेका कार्यालय सहयोगी तथा सवारी चालक हटाउने प्रवृत्ति रहेको बताए। उनले भने, ‘सचिवलाई कर्मचारी मन परे राख्छन्।  मन नपरे हटाइदिन्छन्। लामो समय कार्यालयमा सेवा गरेका श्रेणीविहीन (कार्यालय सहयोगी, सवारी चालक) रित्तै घर जानुपर्ने बाध्यता छ। ती कर्मचारीलाई प्रोत्साहन गर्न पनि ऐनमै स्थायी बनाउने प्रावधान राखिएको हो।’
 
प्रदेश सरकारको अस्थायी र करारलाई स्वत: स्थायी बनाउने ऐनको व्यवस्थामा भने प्रदेश मामिला समिति पनि विपक्षमा उभिएको छ। ‘ऐन प्रारम्भ हुँदाका बखत स्वीकृत दरबन्दीमा करार वा अस्थायी रुपमा कार्यरत र कार्यालय सहयोगी, हेभी सवारी चालक, हलुका सवारी चालक पदमा एक पटक प्रदेश लोक सेवा आयोगले स्थायी पदपूर्ति गर्ने प्रक्रिया पूरा गरि स्थायी पूर्ति गर्ने' विधायन तथा प्रदेश मामिला समितिकोतर्फबाट सभापति नेपालु चौधरीले प्रतिवेदन पेश गर्दै भने, ‘उपदफा २ बमोजिम स्थायी पदपूर्ति भइ बाँकी रहेको र कुनै किसिमबाट रिक्त नरहेको हलुका सवारी चालक र कार्यालय सहयोगी पदमा करार सम्बन्धित प्रचलित कानुन बमोजिम पदपूर्ति गरिने, ज्यालादारी वा करारमा कर्मचारी नियुक्त गर्न नपाइने र अति आवश्यक सेवा प्रदेश स्वास्थ्य सेवामा स्थायी पदपूर्तिमा सेवा प्रवाह गर्न राख्न सकिने छ।’

संविधानको धारा २४३  बमोजिम निवृत्तिभरण पाउने पदमा स्थायी नियुक्ति गर्दा लोकसेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था भएकोले प्रदेशमा पनि स्थायी नियुक्ति गर्दा लोक सेवा आयोगको परामर्श लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।  प्रतिवेदनमा भनिएको छ, ‘स्वीकृत दरबन्दी भित्रको कम्प्युटर अपरेटर, प्राविधिक तथा अप्राविधिक स्थायी पदपूर्ति नहुने पदमा करार वा ज्यालादारीमा पदपूर्ति गर्न सकिने छ।’

प्रदेशमा छ सय बढी अस्थायी कर्मचारी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वको सरकारले कार्यभार सम्हालेको पाँच वर्ष पुग्नै लागेको छ। कर्मचारी अभावको कारण देखाउँदै जनताको अपेक्षा अनुसारका काम गर्न नसकेको बताउँदै आएको प्रदेश सरकारले हासम्म ६ सय ३९ जना अस्थायी कर्मचारी पदपूर्ति गरेको छ।

प्रदेश सरकार र मातहत कार्यालयका लागि चार सय ३० अस्थायी दरबन्दी स्वीकृत गरेकोमा ६ सय ३९ कर्मचारी करार पदमा भर्ति गरेको छ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १० जना कर्मचारी करारमा पदपूर्ति गरिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आठ जना करारमा छन्। यी दुई कार्यालयका लागि अस्थायी पदमा कर्मचारी दरबन्दी स्वीकृत शून्य रहेको छ।
 
यस्तै आर्थिक मामिला मन्त्रालय, मुख्य न्यायधिवक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयमा अस्थायी दरबन्दी स्वीकृत छैनन्। तर, आर्थिक मामिला मन्त्रालयमा ६ जना, मुख्य न्यायाधिवक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयमा चार-चार गरि १४ जना कर्मचारी करारमा राखिएको छ। ३४ जनामात्र अस्थायी कर्मचारी दरबन्दी स्वीकृत रहेको प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा एक सय ६३ जना  कर्मचारी करारमा कार्यरत छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी ३६ जना रहेकोमा ६९ जना, एक सय ४३ जना अस्थायी दरबन्दी स्वीकृत पाएको सामाजिक विकास मन्त्रालयमा दुई सय २२ जना र ८९ जना अस्थायी दरबन्दी स्वीकृत पाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा एक सय आठ जना कर्मचारी करारमा कार्यरत रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको तथ्यांकमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश सरकार मातहत रहेको प्रदेश लोक सेवा आयोगमा ४५ जना अस्थायी कर्मचारी दरबन्दी स्वीकृत भएकोमा ११ जना र १८ जना अस्थायी दरबन्दी स्वीकृत रहेको प्रदेश नीति तथा योजना आयोगमा सात जना कर्मचारी करारमा कार्यरत रहेको कार्यालयले जनाएको  छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले करारमा कार्यरत कर्मचारीको संख्या अझै बढी हुन सक्ने बताए। उनले भने,‘हामीले कर्मचारी दरबन्दी र करारमा कार्यरत कर्मचारीको संख्या अध्यावधिक गरिरहेका छौँ। यो संख्या अझै बढ्न सक्ने देखिन्छ।’

अझै आठ सय बढी कर्मचारी रिक्त
सुदूरपश्चिम प्रदेशमा कर्मचारी अभाव कायमै छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेश मन्त्रालयमातहत स्थायी तथा अस्थायी गरि तीन हजार एक सय २९ दरबन्दी स्वीकृत रहेकोमा आठ सय ५४ पद रिक्त रहेको छ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५२, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ३८, आर्थिक मामिला मन्त्रालयमा ४८, भौतिक पूर्वाधार विकास मन्त्रालयमा चार सय ८६, सामाजिक विकास मन्त्रालयमा नौ सय १९, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा चार सय ८०, प्रदेश सभा सचिवालयमा एक सय एक, मुख्य न्यायधिवक्ताको कार्यालयमा १२, प्रदेश लेखा नियन्त्रक कार्यालयमा २० जना र प्रदेश नीति तथा योजना आयोगमा स्थायी तथा अस्थायी कर्मचारी दरबन्दी स्वीकृत रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेशमा सबैभन्दा बढी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कर्मचारी पद रिक्त रहेको छ । सो मन्त्रालयमा करार र स्थायी दरबन्दी गरि नौ सय १० कर्मचारी दरबन्दी स्वीकृत भएकोमा चार सय २५ पद रिक्त रहेको छ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १४, आर्थिक मामिला मन्त्रालयमा १६, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३२, सामाजिक विकास मन्त्रालयमा एक सय २३ जना पद रिक्त रहेको छ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा एक सय ४७, प्रदेश सभा सचिवालयमा ५६, मुख्य न्यायाधिवक्ताको कार्यालयमा चार, प्रदेश लेखा नियन्त्रक कार्यालयमा दुई, प्रदेश लोक सेवा आयोगमा २३ र प्रदेश नीति तथा योजना आयोगमा आठ पद रिक्त छ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्