• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सेनासँग बन्दोबस्तीका सामान किनेर माली मिसनमा जाने सशस्त्रको तयारी

एआईजीको संयोजकत्वमा समिति गठन
64x64
नारायण अधिकारी सोमबार, भदौ १३, २०७९  ०७:००
1140x725
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सशस्त्र प्रहरीका सुरक्षाकर्मी (फाइल तस्बिर)

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को आह्वानमा द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा शान्ति सैनिकको रुपमा सशस्त्र प्रहरीलाई पठाउने तयारी तीव्र पारिएको छ। मन्त्रिपरिषद्‌ले सशस्त्र प्रहरी बललाई माली मिसनमा पठाउने निर्णय गरेपछि गृह मन्त्रालय र सशस्त्र प्रहरी बल आवश्यक तयारीमा जुटेका हुन्। 

युएनले फर्म्ड पुलिस युनिट (एफपीयु) को रुपमा सशस्त्र प्रहरीलाई खटाउन गरेको प्रस्ताव गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्‌मा पुगेर पास भएपछि सशस्त्र मुख्यालयले थप गृहकार्य अघि बढाएको हो। 

भदौ ६ गतेको मन्त्रिपरिषद्‌ बैठकले सशस्त्र प्रहरीलाई मालीस्थित मिसनमा खटिनका लागि स्वीकृत दिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तिरिक तयारीलाई तीव्र बनाउँदै काम थालेको हो। आउँदो जनवरीमै मिसनमा खटिनुपर्ने र तयारीका लागि समय थोरै भएकाले तीव्रताका साथ काम अघि बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विदुर खड्काले बताए। ‘समय थोरै छ। त्यहीअनुसार हामीले आन्तरिक तयारी गरिरहेका छौं,’ प्रवक्ता खड्काले नेपाल लाइभसँग भने।

मन्त्रिपरिषद्‌ले मालीमा खटाउने प्रस्ताव पारित गरेसँगै आउँदो जनवरीमा सशस्त्र प्रहरीको १४० जनाको नफ्री खटिने भएको छ। त्यसका लागि सेम्टेम्बरको पहिलो साता मालीस्थित आफ्नो युनिट (एफपीयु) रहने क्षेत्रको भ्रमण गर्ने सशस्त्र प्रहरी प्रधान कार्यालयको योजना छ। त्यसको एक महिनापछि युएनको टोली नै निरीक्षणमा नेपाल आउने छ। युएनको निरीक्षण पास भएपछि बल्ल सशस्त्र प्रहरी बल मालीस्थित मिसनमा खटिने छ।
माली मिसनमा खटिनका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामानहरु जुटाउन पनि सशस्त्रले गृहकार्य सुरु गरिसकेको छ। केही बन्दोबस्तीका सामानहरु यसअघि नै सशस्त्रले खरिद गरिसकेको छ भने नपुग बन्दोबस्तीका सामानहरु तयारी गर्नका लागि गृहकार्य सुरु गरिएको हो। 

सशस्त्र प्रहरी स्रोतका अनुसार समय थोरै भएकाले नेपाली सेनासँग बन्दोबस्तीका सामान खरिद गरेर मिसनमा जाने गृहकार्य अघि बढाइएको छ। त्यसका लागि आवश्यक पर्ने सामानहरुको विवरण संकलनदेखि सेनासँग पनि संवाद अघि बढाइएको छ। 

मालीको किदाल क्षेत्र सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिने हुँदा बन्दोबस्तीका सामानहरु पनि धेरै चाहिने सशस्त्रले जनाएको छ। 

माली मिसनका लागि आर्म्ड पर्सनल क्यारियर (एपीसी), अन्य गाडी, अश्रु ग्यास, जेनेरेटर, सेल्फ स्टेशन, मल्टी युटिलिटी भेइकल (एमपिभी) लगायत बन्दोबस्तीका सामानहरु चाहिने सशस्त्रले जनाएको छ। ती सबै बन्दोबस्तीका सामानहरु जुटाउने क्रम जारी रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए। 

सन् २००२ मा पहिलोपटक एफपीयू मिसनको रुपमा सशस्त्र प्रहरी लाइबेरिया खटिएको थियो। लाइबेरिया मिसन २०७३ सालमै बन्द भइसकेको छ। अहिले दक्षिण सुडानमा मात्रै सशस्त्रको एफपीयु मिसन छ, जहाँ १८० सशस्त्र प्रहरी कार्यरत छन्।

nimb
nimb
Ncell 2
Ncell 2

एआईजीको संयोजकत्वमा समिति गठन
माली मिसनमा खटिने सम्पूर्ण तयारी गर्नका लागि सशस्त्र प्रहरीले समिति नै गठन गरेर काम सुरु गरेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार मानव स्रोत एवम् प्रशासन विभागका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ। 
समितिले मिसनमा खटिने सशस्त्र प्रहरी टोलीको छनोट, मापदण्ड, तालिम बन्दोबस्तीका सामानहरु लगायतका बारेमा काम सुरु गरिसकेको छ। मिसनमा खटिने टोलीको पारदर्शी छनौट गर्न निश्चित मापदण्ड बनाइने, प्राथमिकताका आधारहरु तय गरेर मापदण्डहरुमा पर्नेमध्ये उत्कृष्ट व्यक्तिलाई छनौट गरेर मिसनमा खटाइने सशस्त्रले जनाएको छ। 

आर्थिक आर्जन राम्रो हुने भएकाले सुरक्षा निकायमा मिसनलाई आकर्षक रुपमा लिने गरिन्छ। मिसन जान सोर्सफोर्स लाग्नेदेखि शक्ति निकटकाले मात्रै अवसर पाउने गरेको भन्ने गुनासो समेत आउने गरेकाले पारदर्शी हिसाबले मिसनमा जानेको छनौट एआईजी पौडेल नेतृत्वको समितिले गर्ने सशस्त्र हेडक्वार्टरले दाबी गरेको छ।

बन्दोबस्तीका सामान खरिदमा सधैं झेल 
मिसनमा आवश्यक पर्ने बन्दोबस्तीका सामान खरिदमा चलखेल हुने गरेको भन्दै हरेकपटक विवाद हुँदै आएको छ। सामान खरिदमा बिचौलियाको प्रवेश हुने र कमिसनको चक्करमा मिलेमतोमा कमसल सामानहरु खरिद हुने गरेको भन्दै हरेकजसो खरिद विवादमा पर्दै आएका छन्।

५ वर्ष अघि पनि करिब ३० करोडका सामान सशस्त्रले खरिद गरेको थियो। उक्त सामानहरु खरिद गर्दा पनि विवाद भएको थियो। ठेक्का प्रक्रियामार्फत् एपीसी खरिद प्रक्रिया अघि बढाइएको थियो। एपीसी खरिद प्रक्रियामा ठूलो कमिसनको चलखेल भएको भन्दै ठेक्का नै रद्द गरेर पछि नेपाली सेनासँग ४ वटा एपीसी खरिद गरिएको थियो। 

५ वर्ष अघि नै खरिद गरेर राखिएका ती सामान अहिलेसम्म प्रयोगमा आएका छैनन्। बिनाकाम, कसिमनकै लागि सामान खरिद गरिएको भन्दै पछि विवाद समेत भएको थियो। 
सामान खरिद गर्दा विवादमा पर्ने भएकाले सामान नै खरिद नगरी मिसन नै खारेज गरेका उदाहरण सशस्त्र प्रहरीमा छन्। 

दुर्जकुमार राई आईजी भएको बेलामा सामान नै खरिद नभएको भन्दै राष्ट्र संघले माली मिसन नै खारेज गरेको थियो।
तर यो पटक भने सशस्त्रले विवादरहित ढंगले सामान खरिद गर्नका लागि सरकार टु सरकार (जीटुजी) अथवा सेनासँग डाइरेक्ट खरिद दुई वटा विकल्प अपनाउने तयारी गरेको छ। 

जब माली उड्न ठिक्क परेको सशस्त्रको १८० जनाको नफ्री नै रोकियो
सशस्त्र प्रहरी दोस्रो पटकको तयारीमा माली मिसन जान लागेको छ। यसअघि पनि मालीका लागि उड्न लागेको सशस्त्रको १८० जनाको नफ्री नेतृत्वको कारणले रोकिनु परेको थियो। 

सबै तयारी भएर माली उड्न लागेको सशस्त्रको १८० जनाको टोली २०७३ माघ २३ गते तत्कालीन सशस्त्र प्रहरी प्रमुख (आईजी) दुर्जकुमार राईको आदेशसँगै रोकिएको थियो। 

मिसनका लागि चाहिने बन्दोबस्तीका सामानहरु पर्याप्त नरहेको भन्दै त्यतिबेला संयुक्त राष्ट्र संघले सशस्त्रको माली मिसन नै खारेज गरेको थियो। 

कल्याण कोषमार्फत् रकम निकासा गरेर आवश्यक बन्दोबस्तीका सामान खरिद गरी मिसनमा जाने र पछि त्यसको सोधभर्ना राष्ट्र संघले गर्दै आएको छ। तर सामान खरिद गर्दा विवादमा आउने भन्दै तत्कालीन आईजी राईले खरिद प्रक्रिया अघि नबढाएपछि राष्ट्र संघले सशस्त्रको माली मिसन खारेज गरेको थियो। 

अहिले फेरि ६ वर्षपछि सशस्त्रले माली मिसनमा सुरक्षाकर्मी पठाउने प्रक्रिया अघि बढाएको हाे। 
 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रपति पौडेल दुःखी, उद्धार र राहतमा जुट्न आह्वान बुधबार, भदौ १०, २०८३
भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार बुधबार, भदौ १०, २०८३
राहत, उद्धार र खोजमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्