काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको बहुमत आउनेगरी आसन्न निर्वाचनमा निर्वाचन परिचालन कमिटीलाई खटिन निर्देशन दिएका छन्।
उनले देश विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक रहेकाले बहुमत आउनेगरी कमिटीलाई परिचालन हुन निर्देशन दिएका हुन्।
आइतबार एमाले निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश, जिल्ला, पालिका र वडा तहमा निर्वाचन परिचालन कमिटी परिचालन गर्न निर्देशन दिए।
पार्टी केन्द्रीय परिचालन कमिटी र त्यसको परिचालन सचिव हुने गरी उप महासचिव विष्णु रिमाललाई जिम्मेवारी तोकिएको ओलीले घोषणा गरेका छन्।
उनले निर्वाचनमा उपसमिति, स्रोत परिचालन कमिटी र प्रशिक्षण कमिटी बनाउने बताए। पार्टीलाई विजयी बनाउने संकल्प र दृढतासहित अघि बढ्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।