फाइल तस्बिर
बर्दिया– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्न जनताले अबको चुनावमा ‘बोल्ड’ निर्णय गर्नुपर्ने बताएका छन्।
उनले बेतिथि, विकृति र अन्यायबारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ, अबको निर्वाचनमा जनताले स्वाधिनता, सुशासन, हिन्दूत्व र समृद्धिको पक्षमा आफूलाई उभ्याउनु पर्ने बताएका छन्।
राप्रपा नेपाल बर्दियाद्वारा शनिबार गुलरियामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ठूला भन्ने दलहरुको असक्षमता, अदूर्दर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष थापाले बिदेशी प्रभुहरुको इसारामा चल्नेहरुबाट मुमुक र जनताको हित नहुने ठोकुवा समेत गरे। जिससको सभा हलमा आयोजित कार्यक्रममा नवप्रवेशीहरुको संख्या धेरै भएपछि थापाले खुल्ला प्राङ्गणमा नै पाँच सय भन्दा बढीलाई टीका लगाउँदै पार्टी प्रवेश गराएका थिए।
दूरदर्शी योजना र कार्यक्रम सहित जनताको माझ्मा आएको दाबी गर्दै उनले भने, ‘राप्रपा नेपालको गतिलाई कुनै शक्तिले रोक्न सक्दैन।’
कार्यक्रममा पार्टीका नेताहरु राजेन्द्रवीर राय, राजाराम बर्तौला, हिक्मत ढकाल, सुनिता कुरुङ्गवाङ, बिनोद केसी, समसुल बेगम लगायतले धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।