झापा– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशस भामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिएका छन्।
नेपाल आदिवासी जनजाति महासंघ झापाको सातौं जिल्ला अधिवेशनको शनिबार बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेश सभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए।
यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै बन्द गर्न आफ्नो सरकार पछि नहट्ने चेतावनी दिए।
‘प्रदेशको नामकरणको विषय संसद्मा प्रवेश गर्नासाथ ९९ दशमलव ९९ प्रतिशतले पास हुन्छ’, मुख्यमन्त्री राईले भने, ‘प्रदेशको नामांकनको विषयमा अझै पनि पहिचानको कुरा मिल्न सकेको छैन, तसर्थ यो विषयले स्थान नपाएको हो।’
राज्यको विभेदकारी नीतिका कारण आदिवासी जनजाति पछि परेको बताउँदै उनले अब सबै नागरिकलाई समानरुपमा अघि बढाउन प्रदेश सरकारले छुट्टै नीतिको व्यवस्था गर्दै महिला–पुरुष बराबरी, धनी–गरिब बराबरी र जातीय विभेदको अन्यका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।