काठमाडौं– नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले सबैलाई स्वीकार्य हुने ढंगबाट सिट बाँडफाँट हुने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन्।
उनले अहिले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँटको बारेमा छलफल चलिरहेको भन्दै सबै गठबन्धनका पार्टीहरुलाई स्वीकार्य हुने गरेर सिट बाँडफाँट हुने बताए।
उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या रहेको तर पछि निस्कर्षमा राम्रो सहमति भएको बताउँदै अहिले निस्कर्ष निकाल्ने कुरामा बाँडफाँटमा अड्किएको बताए।
गठबन्धनमा सिट बाँडफाँटको आधा समस्या सकिसकेको र सिट ठूलो समस्या नभएको उनको भनाइ छ।
‘गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ। स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या थिए,तर छलफलपछि यसको निस्कर्ष निस्किन्छ। आधा समस्या सकिसकेको छ, यो त्यति ठूलो समस्या होइन। जिल्लाका घोषणापत्रहरु पूरा गरेका छौं’ नेता बस्नेतले बताए।
उनले गएको पाँच वर्षमा विकास नै नभएको भन्ने कुरा गलत रहेको तर सोचेअनुरुप विकास हुन सकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।