काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रुपमा मतदातासमक्ष प्रस्तुत गर्दै आगामी निर्वाचनमा जाने निर्णय गरेको छ।
शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको एमालेले जनाएको छ। आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा जाने निर्णय गरिएको एमाले नेता सूर्य थापाले जानकारी दिए।
समूह छलफलबाट आएको सुझावअनुसार बैठकमा उक्त घोषणा गरिएको नेता थापाले बताएका छन्। यस्तै शनिबार सम्पन्न बैठकले उम्मेदवार छनोटको मापदण्ड पनि पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।