काठमाडौं– नेकपा एमालेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड पारित गरेको छ। सचिवालय हुँदै स्थायी कमिटी र पोलिटब्यूरोमार्फत् अनुमोदन भएको मापदण्ड केन्द्रीय कमिटी बैठकले पारित गरेको हो।
शुक्रबारदेखि चलेको केन्द्रीय कमिटी बैठक शनिबार सम्मन्न भएको छ। बैठकले आगामी निर्वाचनका लागि तय गरिएका मापदण्ड पारित गरेको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
दुई दिनसम्म चलेको बैठकले पोलिटब्यूरो र स्थायी कमिटिको निर्णयबाट अनुमोदन भएको निर्णयमा छलफल गर्दै मापदण्ड पारित गरेको हो। यही मापदण्डलाई आधार मानेर भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन पनि दिइएको छ।
यसरी उम्मेदवार छनोट गर्दा पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध हुनुपर्ने, लोकप्रियता र जितको सुनिश्चितता हुनुपर्नेलगायत मापदण्ड तय गरिएको प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव गुरुङले बताए।
यस्ता छन् मापदण्ड
पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता
लोकप्रियता र विजयको सुनिश्चितता
आन्दोलनमा योग्दान र पार्टीप्रतिको निष्ठा
सन्तुलन र समावेशिता
निर्वाचन कानुनबमोजिमको योग्यता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।