काठमाडौं- नेकपा एमालेले भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ। अविलम्ब उम्मेदवारी प्रक्रिया थाल्नुपर्ने निर्णय केन्द्रीय कमिटीले गरेको छ।
जिल्लाको प्रतिनिधि सभा क्षेत्र समन्वय कमिटीले जिल्ला, जिल्ला कमिटी प्रदेश र प्रदेश कमिटीले केन्द्रमा सिफारिस गर्नेछ। सिफारिस गर्दा अन्य राय भए लेखि पठाउन भनिएको छ।
तीनजना सिफारिस हुनेमा एक महिला अनिवार्य गरिएको छ। उम्मेदवारी सिफारिस भएकाहरुले निर्णय नभएसम्म उम्मेदवारी पक्का भएजस्तो व्यवहार गर्न नहुने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।