काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले 'किक' लाई भोटमा बदल्ने निर्णय गरेको बताएका छन्। टुँडिखेल र आफ्नो गज्जबको सम्बन्ध रहेको बताउँदै उनले भनाइ समेत सच्याए।
शनिबार काठमाडौँको खुला मंचमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेलालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
उनले भने, 'टुँडिखेलले विवाद र चर्चा दुवै दिएको छ। किकलाई भोटमा बदल्ने निर्णय गरेको छु। भनाइ सच्याउन यहाँ उभिएको छु। लाज नपचेका नकचराहरु एक–एकजनालाई मतदानमार्फत् बिदा गर्नुपर्ने बेला भएको छ।'
पूर्व टेलिभिजनकर्मी लामिछानेले टिभीमार्फत् भनेका थिए- ' ...लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर घुमाएर एक–एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी।'
उनले लाज नपचेकाहरुलाई भनेको तर उनले लाज नपचाइ निरन्तरता प्रदान गरेको बताए। आफूले मिठा र चिल्ला कुरा गरेर दंग पार्न नजानेको तर जनता बचाउने औषधिमा पनि कमिसन खाएपछि बाध्य भएर त्यस्तो भनेको बताए।
आफूले उक्त भनाइ सच्याउन चाहेको बताउँदै भने, 'लाज नपचेका नकचराहरु एक–एकजनालाई मतदानमार्फत् बिदा गर्नुपर्ने बेला भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।