काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पुस्तालाई आफ्नो भविष्य उज्ज्वल बनाउनतर्फ अग्रसर हुन आग्रह गरेका छन्।
राजधानीमा आज आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखीकरण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा पुस्तालाई उज्ज्वल भविष्य बनाउनतर्फ अग्रसर हुन आग्रह गरेका हुन्।
युवा पुस्ताले उज्ज्वल भविष्य देख्न सकेमात्र देशले समृद्धिको बाटो लिन सक्ने बताउँदै त्यसनिम्ति इमान्दार भएर निरन्तर मेहनत गर्नुपर्ने बताए।
त्यस्तै, लुम्बिनी एकेडेमी कलेजका प्रेन्सिपल रवीन भट्टराईले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै यसवर्ष उज्वल भविष्य निर्माणका लागि विद्यार्थीहरूले सहि गन्तव्य रोजेको देख्दा आफूलाई खुशी लागेको बताए।
त्यस्तै, कार्यक्रमको विशिष्ट अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवम् शिक्षाविद् तीर्थ खनियाँ, कलेजका प्लस टु कार्यक्रमका संयोजक अञ्जनी कोइराला, बीबीएम कार्यक्रमका संयोजक रविन्द्र लामाको उपस्थिति रहेको थियो।
उक्त कलेजमा कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन लगायतका विषयहरू अध्यायन अध्यापन तथा पठनपाठन हुँदै आइरहेको छ भने, व्याचलर तर्फ एमबीबीएस , बीबीएस, बि बीएसए, बीबीएम लगायतका कोर्सहरू पठनपाठन हुँदै आइरहेका छन्।
लुम्बिनी एकेडेमी कलेज मुख्यतः व्यवस्थापन तथा विज्ञान विषयका लागि प्रख्यात मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।