काठमाडौं– बालुवाटारमा बसेको सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठकले मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभातर्फ छलफल सुरु गरेको छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार संघको बारेमा छलफल गरेको र शुक्रबार प्रदेशतर्फ छलफल गरेको बताए।
‘हामी नेतृत्वले सुम्पेको जिम्मेवारी बहन गर्ने नजिक नजिक छौं,’ उनले भने, ‘हामी जिम्मेवारीलाई व्यवहारिक बनाएर टुंग्याउने नजिक छौं। आइतबार ४ बजे बस्ने बैठकपछि प्रतिनिधि सभा र प्रदेश सभातर्फ निष्कर्षमा पुग्छौं।’
मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचन आयोगले असोज २ गते मनोनयन दर्ताको कार्यसूची बनाएको छ। उक्त दिनसम्म मनोनयन दर्ता गर्नका लागि सत्ता गठबन्धनले सबै दलका नेता सम्मिलित समिति बनाएको थियो।
उक्त समितिले दिने प्रतिवेदनको आधारमा आगामी निर्वाचन उम्मेदवारी दिएर गठबन्धनसहित निर्वाचनमा जाने तयारी सत्तारुढ पाँच दलीय गठबन्धनले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।