चितवन– अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन्। नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौं जिल्ला सम्मेलनमा शुक्रबार उनले आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्ने बताए।
उनले भने, ‘अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ।’ अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उनको भनाइ थियो।
देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँगाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरुरी रहेको उनको भनाइ छ। मन्त्री शर्माले विश्वभर भइरहेको मूल्यवृद्धि र विभिन्न देशमा चलेको युद्धको असर नेपालमा परेको बताए।
उनले भने, ‘विश्वमा चलेको मूल्यवृद्धि र युद्ध रोकिने अवस्थामा छैन। अझै फैलिने क्रम जारी छ। यसको असर नेपालमा पनि परेको छ।’ फरक प्रसंगमा बोल्दै उनले अहिलेको गठबन्धन देशको र राजनैतिक बाध्यताले बनेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।