काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जलविद्युतको उत्पादन गर्न नसकेको भन्दै सरकारसँग प्रश्न गरेका छन्।
उनले विदेशीहरु लगानी गर्न तयार हुँदाहुँदै पनि कहाँ त्रुटी छ? भन्दै प्रश्न गरे। उनले बिजुली उत्पादनमा उत्पादन र उत्पादित बिजुली किन महंगो छ? भन्ने प्रश्न गरेका छन्।
बिहिबार पार्टीनिकट इन्जिनियरसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ‘हाम्रा त्रुटीहरु कहाँ छन्? उत्पादन गर्न पनि प्राइभेट सेक्टर तयार छन् भने, सरकार पनि तयार छ भने, विदेशी पनि तयार छ भने, किन जलविद्युतको उत्पादन धेरै भन्दा धेरै गर्न सकिरहेका छैनौं’ भन्दै प्रश्न गरे।
उनले ‘पूँजी लगानी गर्ने कुरामा समस्या छ कि? त्यसका लागि राज्यले गर्ने सुविधामा पो समस्या छ कि?’ उनको प्रश्न थियो। उनले विद्युत उत्पादनमा देखिएका समस्याबारे छलफल गर्न आवश्यक रहेको औल्याए। उनले भारतको बिजुली सस्तो र नेपालको बिजुली महंगो हुने गरेको बताए। पारिपट्टि सस्तो हुन्छ, वारि महंगो किन भयो भन्दै यो विषय संसदीय समितिमा छलफलको विषय बन्नु पर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।