काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठकले उम्मेदवारको मापदण्डमाथि छलफल गरेको छ।
बिहीबार बसेको पोटिब्यूरो बैठकले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच आधार तय गरेको थियो।
उक्त बैठकले पास गरेको आधारहरुमा केन्द्रीय कमिटीमा छलफल भएको एमाले नेता विष्णु रिजालले जानकारी दिए। मापदण्डमा पहिलो नम्बरमा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्धता रहेको छ। दोस्रो पार्टी आन्दोलन र निष्ठा रहेको छ।
उम्मेदवार आकांक्षीको लोकप्रियता र विजयको सुनिश्चितता भने तेस्रो नम्बरमा राखिएको छ। चौथो नम्बरमा समावेशीता रहेको छ भने पाँचौंमा संविधानमा उल्लेख प्रावधान रहेका छन्।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकले थप छलफल गरी शनिबार अनुमोदन गर्ने नेता रिजालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।