काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले पश्चिम सेती र सेती ६ परियोजना भारतीय कम्पनीहरूलाई सुम्पने निर्णयले गम्भीर आशंका जन्माएको बताएका छन्।
पार्टी केन्द्रीय कमिटीको चौथो बैठकमा शुक्रबार पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले उक्त कुरा उल्लेख गरेका छन्।
सरकारले भदौ २ गते भारतको एक कम्पनीसँग ती परियोजनाको अध्ययन र निर्माणका लागि सम्झौता गरेपछि ओलीले यो विषय आफ्नो प्रतिवेदनमा समेटेका हुन्।
‘अपारदर्शी ढङ्गले पश्चिम सेती र सेती–६ परियोजना भारतीय कम्पनीहरूलाई सुम्पने निर्णयले गम्भीर आशंकाहरू जन्माएको छ,’ प्रतिवेदनमा भनिएको छ।
यस्तै नेपालको सरोकार भएका विभिन्न विषयलाई प्रथमिकतामा नराख्ने, तर भारतको चासोका विषय भने फटाफट अगाडि बढाउन सरकार लागेको पनि ओलीले आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।