काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण प्रक्रियामा विचौलियाको प्रवेश पुँजीवादीहरूले पनि आँट गर्न नसक्ने आपराधिक क्रियाकलाप रहेको टिप्पणी गरेका छन्।
पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकमा शुक्रबार पेस गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले उक्त कुरा उल्लेख गरेका हुन्।
‘आव ०७९/८० को बजेट निर्माणका क्रममा जसरी विचौलियाहरू राखेर करका दरहरू हेरफेर गरियो, यो सामान्यतया पुँजीवादीहरूले पनि आँट नगर्ने आपराधिक क्रियाकलाप हो,’प्रतिवेदनमा भनिएको छ,‘सिमित व्यवसायिक घरानालाई भन्सार छुट, अन्तःशुल्कमा सहुलियत, निर्यातमा प्रोत्साहन, पुनर्बीमालगायत अनेकौं सुविधा उपलब्ध गराएर र अरूलाई किनारामा धकेलेर यो सरकार दलाल पुँजीवादको संरक्षक र सेवक हो भन्ने पुष्टि गरेको छ।’
यस्तो छ ओलीको प्रतिवेदनको पूर्णपाठ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।