फाइल तस्बिर
काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्य साझेदारी कार्यक्रम(एसपीपी), नागरिकता विधेयकमा सरकारको अनुचित हठ, जलस्रोतसँग सम्बन्धित हालै भएका कतिपय समझदारी आदिले नेपालको बाह्य सम्बन्ध नराम्रो गरी खलबलिएको बताएका छन्।
पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकमा शुक्रबार पेश गरेको राजनीतिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेका हुन्।
‘एसपीपी सम्झौताको भित्री तयारी, नागरिकता विधेयक सम्बन्धमा उत्पन्न सरकारको अनुचित हठ, जलस्रोतसँग सम्बन्धित हालै भएका कतिपय समझदारीहरू, छिमेकी सम्बन्धमा उत्पन्न असन्तुलन आदिका कारण मुलुकको बाह्य सम्बन्ध नराम्रो गरी खलबलिएको छ,’ प्रतिवेदनमा उल्लेख भनिएको छ,‘सरकारकै गलत नीति र व्यवहारका कारण मुलुक भूराजनीतिक द्वन्द्वको शिकार बन्ने जोखिमपूर्ण अवस्थामा पुगेको छ।’
शुक्रबार सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठक शनिबार आसन्न निर्वाचनको लागि ठोस तयारीका साथ सकिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।