काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले धरान पुगेर वृक्षरोपण गरेका छन्।
धरान उपमहानगरपालिकाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै वृक्षरोपण गरेका हुन्।
शुक्रबार धरान पुगेका प्रचण्डले उपमहानरको आयोजनामा वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा वृक्षरोपण गरेको उनको सचिवालयले बताएको छ।
केहीदिन अघि धरानका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा प्रचण्डलाई रूख रोप्न निम्ता गरेका थिए। साम्पाङको नेतृत्वमा धरानमा हरेक शुक्रबार वृक्षरोपण कार्यक्रम आयोजना हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।