काठमाडौं– बागमती प्रदेश सरकारले प्रदेशमा ‘वडा समाजवादी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेशमा समाजवादी कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका छन्।
संविधानमा नै समाजवाद उन्मुख अर्थव्यवस्था बनाउने कुरा उल्लेख भएकाले उक्त अभियान कार्यक्रम सुरु गरिने उनले बताए।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको २० औं स्थापना दिवसको अवसरमा मुख्यमन्त्री पाण्डेले भने, ‘हामीसँग ११९ वडा पालिका छन्। ११ सय २१ वटा वडाहरु छन्। हालसालै १० वटा जिल्लाका २५ वडामा वडा समाजवादी कार्यक्रम लागू गर्न लागेका छौं।’
उनले सबैभन्दा पछाडी परेका वडाहरु छनोट गरेर शिक्षा, स्वास्थ्य र सरसफाइको पहुँचभन्दा बाहिर रहेका वडामा कम्तीमा एक करोड खर्च गर्ने गरी वडा समाजवादी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।