काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन्।
यस्तै यो बैठकबाट आसन्न निर्वाचन लक्षित कार्ययोजनामाथि छलफल हुने जानकारी दिइएको छ। उम्मेदवार छनौट प्रक्रिया र मापदण्डका आधारहरू पनि बैठक तय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।