काठमाडौं– सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज शुक्रबार पनि बस्दैछ।
बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ। यसअघि बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ–आफ्नै दाबी प्रस्तुत गरेपछि सिट बाँडफाँट टुंग्याउन आज बैठक बस्न लागेको हो।
साथै आजको बैठकमा सत्तारुढ दलहरुले प्रदेशतर्फको निर्वाचन क्षेत्रमा केन्द्रित हुने बताइएको छ।
बुधबार नै गठबन्धनको कार्यलदलको बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश पाएको थियो। बैठकमा १६५ वटै क्षेत्रका दलगत समीक्षा गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४० सिट दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।