फाइल तस्बिर
काठमाडौं– गठबन्धनको कार्यलदलको बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश पाएको छ।
गठबन्धनको आजको बसेको सिट बाँडफाँट समित बैठकमा दलहरुले सिट संख्याबारे औपचारिक रुपमा दाबी प्रस्तुत गरेका छन्।
बैठकपछि सरकार प्रवक्ता समेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६५ वटै क्षेत्रका दलगत समीक्षा गरिएको जानकारी दिए।
नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४० सिट दाबी गरेको जनमोर्चाका सचिव हिमलाल पुरीले बताए।
उनका अनुसार जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट पाउनुपर्ने दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।